उर्लाबारी/नमुना बालगृहमा आश्रीत बालबालिकालाई नवनिर्मीत अत्याधुनिक भवनमा स्तान्तरण भएका छन । दशैंको आगमनसँगै नयाँ भवनमा बस्न पाएकोमा बालबालिकाहरू खुशी भएका हुन् ।
लायन्स क्लब अफ डिष्ट्रिक ३२५ (ए) वानको मुख्य अगुवाईमा लायन्स क्लब ईन्ट्ररनेशनल फाउण्डेशनबाट प्राप्त एक करोड अमेरिकी डलर र जिल्ला स्थित केही लायन्स क्लबहरुको सहयोगमा डेढ करोडको लागतमा निर्माण गरीएको उक्त भवनको मंगलबार प्रदेश नं.–१ का मुख्य मंन्त्री शेरधन राईले उद्घाटन गर्दै लायन्स क्लबले सामाजीक क्षेत्रमा उत्कृष्ट कार्य गरेकोमा प्रशंशा गर्दै आश्रमलाई प्रदेश सरकारबाट पनि आर्थीक सहायता प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
सो फण्डका ग्राण्ड एड्मिनिस्ट्रेटर लिलाकुमार ढुङगेलको अध्ययातामा भएको उक्त कार्यक्रममा मोरङ क्षेत्र नं.–१ बाट संघिय सभामा प्रतिनिधीत्व गर्ने संसद घनश्याम खतिवडा, प्रदेश सभाका संसद कुलप्रसाद साम्बा, लायन्स क्बलका गर्भनर टंकबहादुर श्रेष्ठ, पूर्व गर्भनर फुलकुमार लालवानी, अनन्तप्रसाद भेट्वाल, क्बलका पूर्व अध्यक्ष बालचन्द्र सुब्बा सहितका वक्ताहरुले अभिभावक विहीन वालवालीकाहरुको संरक्षण गर्ने संस्थालाई भवन निर्माण गरेर लायन्स क्लबले अत्यन्तै उदाहरणीय कार्य गरेकोमा प्रशंशा गरेका छन ।
सोही अवसरमा भवन निर्माणमा आर्थीक सहयोग पु¥याउने लुम्बिनी शान्ति निर्माण सेवा संचालक खड्ग कार्की सहित सहयोगी, परामर्शदाता, कन्सल्टेन्सी र निर्माण समितिलाई प्रशंशा–पत्र प्रदान गरीएको थियो ।
उक्त भवन निर्माणमा लुम्बिनी निर्माण सेवाले १९ लाख ७५ हजार तथा उर्लाबारीस्थित लायन्स क्लब अफ उर्लाबारी, लायन्स क्लब अफ ईष्र्टन मोरङ, लायन्स क्लब अफ आस्था र बिराटनगरमा रहेको लायन्स क्बल अफ गुरा“सले करिव ३५ लाख आर्थीक सहयोग गरेका प्रोजेक्ट चियरप्रसन बिजय कार्कीले बताएका छन ।
नवनिर्मीत भवनमा ७६ जना वालबालीका बस्न सक्ने क्षमता रहेको र हाल दुई दशक अघि स्थानिय दाताहरुले निर्माण गरेको जिर्ण भवन ४७ जना बस्दै आएका आश्रमकी संचालिका मिना बरालले बताएकी छन ।