धनकुटा । धनकुटा जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेकोे बैठकले धनकुटा जिल्लामा बाढी पहिरोबाट पूर्णरूपमा क्षति भएका ४१ वटा घर निर्माण गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

यो वर्ष परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले क्षति भई राहतका लागि दिएको निवेदनहरू उपर छानबिन गरी पहिलो चरणमा ४१ जनाको घर निर्माणका लागी सिफारिस गरिएको हो । त्यसै गरी एक जना मृतक परिवारलाई राहतका लागि सिफारिस गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले जनाकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सदस्य सांसद् राजेन्द्रकुमार राईले विपद्मा परी पीडित भएकाहरूलाई निस्पक्ष ढंगबाट राहत उपलब्ध गराउनु पर्नेमा जोड दिए ।