धरान । धरानको लोक–लक्ष्मी स्मृति प्रतिष्ठानले विपन्न परिवारलाई लक्षित गर्दै खाना खुवाउने कार्यक्रमलाई मंसिरसम्म निरन्तरता दिने भएको छ ।
कोरोना महामारीका कारण समस्यामा परेका विपन्न समुदाय तथा असहायहरूलाई असोज १ गतेबाट खाना खुवाउँदै आइरहेको छ । प्रतिष्ठानले धरान–८ लांघाली सामुदायिक वनको भवन र धरान–१ स्थित अपाङ पुनस्र्थापना गृहमा दैनिक एक सय १५ जनालाई खाना खुवाउँदै आइरहेको हो । यसलाई मंसिरसम्म निरन्तरता दिने जनाएको हो ।
धरान उपमहानगरपालिकाको संयोजन तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहभागितामा प्रतिष्ठानले निःशुल्क खाना खुवाउँदै आइरहेको छ । धरानका दिवङ्गत लक्ष्मीप्रसाद र लोककुमारी श्रेष्ठको स्मृतिमा प्रतिष्ठान गठन भएको हो ।