पथरीशनिश्चरे/गोर्खा वेलफेयर ट्रष्ट धरानले कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि मोरङको पथरी शनिश्चरेस्थित पथरी नगर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
नगर अस्पतालमा हात धुने पानीको धारा जडान गर्नुकासाथै २० थान पीपीइ सेट, मास्क सहितका २० प्रकारका सामग्री प्रदान भएको कार्यपालिका सदस्य भद्रमान विश्वकर्माले जनाए ।
ती सामग्री नगर प्रमुख दिलीपकुमार राइलाइ हस्तान्तरण भएको हो । विश्वकर्माकै पहलमा नगरले पथरी बहुमुखी क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टिनका लागि पनि यस अघि सोही प्रकारका सामग्री ट्रष्टबाट वितरण भएको थियो ।