धनकुटा । ढाँडको नसामा ट्युमर पलाएपछि सल्यक्रिया गरेर थलिएका धनकुटाका बोधनाथ ढुंगानालाई नगद सहयोग गरिएको छ ।

उनको उपचारका लागि देशविदेशबाट ३ लाख ५७ हजार ८ सय रुपैयाँ सङ्कलन गरी आइतबार प्रदान गरिएको छ । उनी धनकुटा चौबीसे गाउँपालिका–४ घर भई हाल धनकुटा–७ मदनचोकमा बस्दै आएका छन् । उनको एक वर्षअघि विराटनगरको नोबेल मेडिकल कलेजमा सल्यक्रिया गरिएको थियो । सल्यक्रियापछि ४० वर्षीय ढुंगानाको कम्मर मुनीको भाग हालसम्म चलेको छैन ।

पारिवारिक आर्थिक अवस्था कमजोर रहेका ढुंगानालाई उपचारका लागि सहयोग जुट्ने क्रममा सो रकम सहयोग गरिएको हो । धनकुटा–३ का वडाध्यक्ष विकास घिमिरेले एक समारोहबीच नगद हस्तान्तरण गरेको हो । कागते समाज धनकुटाको अगुवाइमा रकम सङ्कलन गरिएको हो ।