खोटाङ । अरिङ्गालले टोकेर खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–६ का २९ वर्षीय सिंह राईको मृत्यु भएको छ ।

जङ्गलमा घाँस काट्न गएका सिंहलाई घाँस काटिरहेको समयमा एक्कासी अरिङ्गालले टोक्का उनी बेहोस बनेका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार उनलाई शरीरका विभिन्न भागमा अरिङ्गालले टोकेको थियो ।

बेहोस बनेका उनलाई जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा आइतबार बिहान ११ बजेतिर ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।