धरान । मोरङको कानेपोखरी–४ त्रिवेणीचोकका ३३ वर्षीय रेशम माझी खोलामा डुबेर ज्यान गुमाएका छन् ।

नीय कडिया खोलामा डुबेर बेहोस बनेको अवस्थामा शनिबार राति साढे १० बजे स्थानीयले फेला पारेका थिए । डुबेर बेहोस भएको भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बेहोस बनेका माझीको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहानको राति साढे १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।