ब्लाष्टखबर । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या  १ लाख  ६ सय ७६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  १ हजार ६ सय ८० जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ। 

देशभर २७ हजार ५३ जना सङ्क्रमितको उपचार भइरहेको छ ।  

अाज थप १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।