ब्लाष्टखबर । धरानका काेराेना संक्रमित थप एककाे विराटनगर स्थित  नोबेल शिक्षण अस्पतालमा मृत्यु भएकाे छ । शुक्रबार बिहान ७ धरान उपमहानगरपालिका १२ का ४५ वर्षीय काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे अस्पताल प्रबन्धक नारायण दाहालले बताएका छन् ।

दाहालका अनुसार मृतक पुरूषमा श्वासप्रस्वासकाे समस्या हुनुकाे साथै फाेक्साेमा पनि समूयाका कारण असोज १७ अस्पतालमा भर्ना भएका थिए । भर्ना भएकै दिन कोरोना परीक्षण रिपोर्टमा संक्रमण देखिए पछि १८ गते  अस्पतालकाे आइसोलेसनमा सारिएकाे थियाे ।

मृतकमा दीर्घ रोग रहेको जानकारी नभएको दाहालले बताए । मृतक पूर्व फुटबल खेलाडी रहका छन् ।