धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ३१ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।

तेह्रथुमको म्याङलुङ नगरपालिका १का ती युवामा मृगौला रोग र मेटाबोलिक एसिडोसिस्को समस्या रहेको प्रतिष्ठानका सह प्रवक्ता डा.आशिष श्रेष्ठले जनाएका छन् । ती युवामा असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने उनी सोमबार प्रतिष्ठानको मेडिसिन वार्डबाट रिफर भएर कोभिड अस्पतालमा भर्ना भएका थिए ।

उनको कोभिड अस्पतालमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।