विराटनगर । विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका एक जना अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनको लागि कार्यालय बन्द भएको छ ।

आइतबार सूचना निकालेर असोज १८ देखि २० गतेसम्म मालपोत कार्यालय बन्द गरेको हो । इनरुवाबाट सरुवा भएका आएका एक जना मालपोत अधिकृतलाई शुक्रबार संक्रमण देखिएको थियो ।

संक्रमितको सम्र्पकमा पुगेकाहरूको कन्टयाक ट्रेसिङमा परेकाहरूको स्वाब संकलन र कार्यालय सेनिटाइज गरिन तीन दिन कार्यालय बन्द गरिएको मालपोत कार्यालय विराटनगरका अधिकृत जितेन्द्रलाल श्रेष्ठले जानकारी दिए । यसअघि भूमि सुधार कार्यालयका एक जना महिला कर्मचारीमा पनि संक्रमण देखिएको छ ।

कार्यालय बन्द गरेपछि आइतबार पाँच जना कर्मचारीहरूको परीक्षणको लागि स्वाब कोशी अस्पतलाको ल्याबमा दिएका छन् । उनीहरूको रिपोट आउन बाँकी छ ।

विराटनगर मालपोत कार्यालयबाट दैनिक ८० देखि एक सय वटा जग्गाको रजिस्ट्रेशन हुने गरेको छ । मालपोत कार्यालय खुलेपछि सेवाग्राहीको भिडभाड हुने गरेको छ । संक्रमणबाट जोगिन सुरक्षा सावधानी र सामाजिक दुरी पनि कायम नगरि मालपोत कार्यालयले सेवा संचालन गर्दा थप संक्रमण बढन सक्ने खतरा बढेर गएको थियो ।