भद्रपुर । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण स्थगित भएपछि नेपालको पर्यटन व्यवसाय धरायसी बनेको छ । आर्थिक क्षेत्रमा समेत टेवा पुर्याउदै आएका होटल, यातायात र पर्यटकीय स्थलहरुमा यसले नराम्रो असर पारेपछि यतिवेला यी क्षेत्रका संस्थाहरुले कोभिड –१९ को सामना गर्दै आन्तरिक पर्यटन प्रर्बद्धनका लागि एकजुट भएका छन् ।

स्थानीय सरकार र पर्यटन बोर्डसँग समन्वय गरी नेपालमा नै रहेका विभिन्न पर्यटकीय क्षेत्रलाइ परिचित गराउँदै आन्तरिक पर्यटन प्रबद्र्धन गर्न लागि परेका हुन् । नेपालको सुदुरपुर्वमा रहेका इलाम, झापा, पाँचथर जिल्लाका विभिन्न क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको अवलोकन तथा प्रचार–प्रसार शुरु गरेका छन् ।

केही दिन अघि झापा ट्राभल्स सङ्घ , झापाका होटल व्यवसायी,इलाम र पाँचथरका उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी,नगर पर्यटन प्रर्बद्धन,इलाम पर्यटन प्रर्बद्धन सरोकार समितिले विश्व पर्यटन दिवस २०२० को उपलक्षयमा पर्यटन विकासका लागि गन्तव्य पहिचान प्रबद्र्धनका लागि दुइदिने भ्रमण अवलोकन गरेका छन् । टोलीले फिदीम नगरपालिका १४ मा रहेको सुकेपोखरी, इलामको कुइभिर,दिदी वैनी झरना,इलाम र पाँचथरका वन क्षेत्रमा पैदल यात्रा, जडिबुटी पहिचान लगायतका स्थानहरु अवलोकन गरेका छन् ।

कोभिडका कारण वाह्य पर्यटन हुने कुनै निश्चित नभएकोले आन्तरिक पर्यटनलाइ प्रर्बद्धन गर्न जरुरी रहेको पर्यटन व्यवसायी तथा झापा ट्राभल्स सङ्घका अध्यक्ष निरबहादुर (नेत्र) कार्कीले बताए । पर्यटनलाइ उचाइमा पुर्याउने काम होटल व्यवसायी,वाणिज्य सङ्घ ,यातायात व्यवसायी,पर्यटन व्यवसायीको मुख्य भूमिका रहने उनको भनाइ छ ।

इलाम तथा पाँचथरमा रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रमा सम्भावना प्रचुरमात्रामा देखिएको दुइदिनको अवलोकनले पुष्टि गरेको उनको भनाइ छ । विदेशी पर्यटकीय क्षेत्रलाइ मात्र व्यवसायीको ध्यान गएकोले नेपालका महत्वपूर्ण र प्राकृतिक सम्पदाहरु ओझेलमा परेको होटल व्यवसायी पेमा तामाङले बताए ।

भौतिक पूर्वाधारको अभावमा यस्ता क्षेत्रहरु पहिचानमा आउन नसकेको उनको भनाइ छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष कोभिडका कारण पूरा गर्न नसकिएको वन,उद्योग,वातावरण तथा पर्यटन विकास समिति प्रदेश नम्बर १ की साँसद सीता थेवेले बताइन् । पूर्वका गन्तव्य स्थलहरुलाइ प्रर्बद्धन गर्न सरकारले ध्यान दिएको उनको भनाइ छ ।

गन्तव्य पहिचानमा होटल व्यवसायीरु राजेन्द्र दङ्गाल,हस्त श्रेष्ठ, व्यवसायी खिना बस्नेत, गणेश कार्की ,इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरलाल चिपालु , व्यवसायी देवी प्रसाद पौडेल, इलाम पर्यटन प्रबद्र्धन सरोकार समिति अध्यक्ष विजय राइ,पर्यटन प्रहरी सुवास शेर्पा लगायत ४० जनाको टोलीले पैदल यात्रा मार्फत अवलोकन तथा छलफल गरेका थिए ।