Trending Tags

‘छोटो समयमा निक्कै प्रगति गरेका छौं’

alt
  • आश्विन ७, २०७७
  • ब्लाष्ट खबर

पूर्वी नेपालमा फरक पहिचान बनाउन सफल भएको मोरङको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले नेतृत्व सम्हालेको झण्डै चार वर्ष बित्नै लाग्यो । नगरका मुख्य योजनाकारको छवि बनाएका ढकालले हालसम्म पृथक विकास आयोजनाहरू अघि बढाएका छन् । केही नयाँ योजनाको रूपरेखा पनि तय गरिसकेका छन् । सुन्दरहरैंचामा विकासका योजनाहरू के कस्ता छन् र हालसम्म गरेका गतिविधिको समग्र सेरोफेरोमा रहेर ब्लाष्ट संवाददाता विवेक मिश्रले मेयर शिवप्रसाद ढकालसँग गरेको कुराकानीको केही अंशः

सुन्दरहरैँचालाई कमर्सियल नगर पनि भन्ने गरिन्छ, यहाँका विकासका योजना कस्ता रहेका छन् ?
–भूगोलको हिसाबले यो नगर अत्यन्तै ठूलो छ, माइग्रेसनको रेसियोलाई क्याल्कुलेसन गरेर हेर्ने हो भने यो प्रदेशका १४ वटै जिल्ला र वाह्य जिल्लाहरूबाट पनि मानिसहरू आएर पनि बसोबास गरिरहनुभएको छ । पछिल्लो यो छोटो समयमा निक्कै प्रगति गरेको नगरपालिका हो यो । यहाँ उद्योग कलकारखानाहरू पनि खुल्ने क्रम जारी छ, सयभन्दा बढी सङ्ख्यामा उद्योग कलकारखानाहरू खुलेका छन् । जसले आएर यहाँ उद्योग खोल्न चाहनुहुन्छ, १० करोडभन्दा बढी लगानी गर्न चाहनुहुन्छ भने हामीले उहाँलाई ५ वर्षलाई ट्याक्स फ्रि गर्ने र भौतिक पूर्वाधार त्यहाँसम्म पुर्याउने भनेका छौँ । हामीले उत्तरी मोरङ हेर्ने गरी दमकलको सेवा पनि दिइरहेका छौँ, घरदेखि घाटसम्म निःशुल्क शववाहन चलाएका छौँ । जुन हामी जनप्रतिनिधि आउनुअगाडि ट्याक्सको समस्या थियो, त्यो हल गरेका छौँ । १६ प्रकारका ट्याक्सहरूमा छुटको व्यवस्था गरेका छौँ । हामीले किसान, महिला, आदिबासी, जनजाति, दलित समुदायका लागि विभिन्न लक्षित कार्यक्रमहरू ल्याएका छौं । हामीले हाल नमुनाको रूपमा विराटचोक–घिनाघाट क्षेत्रमा वाकिङ स्टेटको निर्माण गरेका छौँ, यो सम्पन्न हुन बाँकी छ ।

प्रदेश सरकाले गौरवको योजनाको रूपमा लिएको विराटचोक–घिनाघाट सडक निर्माणले सुन्दरहरैंचामा कस्तो महत्व राख्छ ?
–हाम्रो प्रस्थान विन्दु नै यो सडक हो, किनभने सुन्दरहरैंचाको मुख्य भू–भागबाटै यो सुरु हुन्छ । यहाँको झण्डै ८ किलोमिटर भू–भाग यो सडकले ओगट्छ । जम्मा यो सडकको लम्बाइ साढे १९ किलोमिटरमा ८ किलोमिटर सुन्दरहरैंचाले ओगट्छ । यसको मुख्य प्रवेशद्वार विराटचोक हो । यहाँबाट विराटनगर हुँदै भारतको ३ वटा प्रदेश र राजधानी दिल्लीसम्म पुग्न सकिन्छ । साथै किमाथाङ्का हुँदै चीनसम्म सिधा सम्बन्ध राख्छ । यो निकै महŒवपूर्ण सडक हो । प्रदेश सरकारले गौरवको योजनाको रूपमा लिएर जुन यो सडक निर्माण थालेको छ, यसमा सुन्दरहरैँचा नगरपालिकाले पनि नैतिकरूपमा सहयोग गरिरहेको छ । सुन्दरहैँचाको विकासको लागि यो कोसेढुङ्गा नै सावित भएको छ ।

सुन्दरहरैंचा नगरवासीलाई के भन्न चाहनुहुन्छ ?
–सुन्दरहरंैचाको एकता, यहाँको राजनैतिक सन्तुलन, यहाँका बासिन्दाको चाहना हामीले सम्बोधन गर्ने कोशिस गरिरहेका छौँ । एकैपटक एउटै कार्यकालमा यो सबै सम्पन्न हुनसक्ने सम्भावना छैन । अब म पछाडि आउने नगरप्रमुखहरूले अहिले मैले कोरेको बाटाहरूमा उहाँहरूले पनि काम गर्नुहुन्छ र उहाँहरूले पनि सबै कुराहरू सम्बोधन गर्दै लानुहुनेछ भन्न चाहन्छु । अहिलेसम्म जे जसरी साथ सहयोग दिनुभएको छ, जसरी काम गर्नलाई मलाई प्रोत्साहन गर्नुभएको छ, यी सबै कुराहरूमा नगरवासीलाई धन्यवाद दिन चाहन्छु ।

होम आइसोलेसनमा रहेका ...

धरान । होम आइसोलेसनमा रहेका एक कोरोना संक्रमितको बाथरुम ...

गुडिरहेको मोटरसाइकलब ...

धरान । गुडिरहेको मोटरसाइकलबाट अचानक खस्दा झापा गौरीगञ्ज ...

र्यापर भिटेनलाई कारब ...

धरान । हालै सार्वजनिक भएको र्याप भिडियोमा आपत्तिजनक शब् ...

विप्लव समूहका पूर्वी ...

विराटनगर/ नेत्रविक्रम चन्द (विप्लव) नकेपाका पूर्वी कमाण ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved