ब्लाष्टखबर । आइतबारबाट कार्यकाल सकिएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुन: नियुक्तिका लागि ५ मिनेट बत्ति निभाएर जनदबाव दिन कलाकार दीपकराज गिरीले आग्रह गरेका छन् ।

गिरीले सामाजिक संञ्जाल फेसबुकमार्फत घिसिङकाे पुन: नियुक्तिका लागि जनदबाव स्वरूप आजबाट हरेक सॉझ ८ बजे ५ मिनेट बत्ति निभाएर ऐक्यबद्ता जनाउन आग्रह गरेका छन् । १८ घण्टा लाेडसेडिङ भइरहेकाे अवस्थामा प्राधिकरणकाे कार्यकारी निर्देशक बनेका घिसिङले लेडसेडिङ मुक्त गर्नुका साथै प्रधिकरणलाइ नाफामा लगेसँगै जनस्तरमा उनकाे लाेकप्रियता बढेकाे हाे ।

सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः घिसिङलाई नै दोहोर्याउनु पर्ने आवाज सामाजिक सञ्जालदेखि चारैतिर उठिरहेको छ । कार्यकाल सकिए पनि सरकारले उनको स्थानमा नयाँ व्यक्ति नियुक्त गरिसकेको छैन ।