विजयपुर/ नेपाल बिधुत प्राधिकरण धरान शाखाको लापरवाहीको कारणले उपभोक्ताहरु मारमा परेका छन् । प्राधिकरणले गत १४ गते ७ दिनको सूचना प्रकाशित गर्दै २१ गते अन्तिम म्याद दिएको थियो । तर, सो समयमा कतिपय ग्राहकको घरमा रसिद नै पुगेको थिएन ।

तर, सो २१ गतेसम्म कतिपय ग्राहकहरुको घरमा रसिद नै नपुगेको पाइएको छ । धरान–७ स्थित शोभा राईको घरमा प्राधिकरणले दिएको समयावधी भन्दा २ दिन अगाडी मात्र रसिद आइपुगेको बताएकी छिन्र । उनी पहिले जस्तै एक दुइ दिन पछि गएर बिल भुक्तनी गर्न जादा विलम्ब शुल्क ४–५ सय लियो । उनले भनिन्, ‘किन हो बिल आउने वित्तिकै ७ दिन नकटाई तिर्न गएको थिए र पनि विलम्ब शुल्क लियो ।

अर्का ग्राहक रन्जिता राई पनि आफुलाई पनि रसिद आएको ७ दिन नकटाई भुत्तानी गर्दा पनि विलम्ब शुल्क लिएको बताइन् । उनी भन्छिन् ‘पहिले त रसिद आएको ७ दिनभित्र भुक्तानी गर्दा फाइन लाग्दैन थियो, अहिले लकडाउनमा छ्ट दिनुपर्ने झन समयमा नै भुक्तानी गर्दा पनि फाइन लियो । ’यता बिद्युत प्राधिकरण शाखा प्रमुख प्रताप बराल भने समयमा नै रसिद ग्राहक समक्ष पुर्याएको दावी गरेका छन् ।

शाखाले प्राधिकरणको लेटरप्याड प्रयोग नगरी सामान्य कागजमा सूचना जारी गरेको थियो । त्यसैको आधारमा हाल उपभोक्तासँग विलम्ब शुल्क लिने गरेको पाइएको हो । त्यो समयमा जिल्ला प्रशासन कार्यालय सुनसरी तथा स्थानीय सरकारले जिल्लाभरि तथा नगरभरि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । सो समयमा प्रभावकारी सूचना पनि प्रवाह नभएको ग्राहकहरुको भनाई रहेको छ ।