भण्टाबारी । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीकाे आक्रमणबाट एकजना बालिका घाइते भएकी छन् ।

आइतबार बिहान वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट कोशी गाउँपालीका–३ स्थित पश्चिम कुसाहा बस्ने अक्षेलाल सरदारकी १३ वर्षीया छोरी पूजाकुमारी सरदार घाइते भएकी हुन ।

घाइते पूजाको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको कोशी टप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन तथा सूचना अधिकारी झोलाई चौधरीले जानकारी दिए । घाइतेको अवस्था खतरामुक्त रहेको सूचना अधिकारी चौधरीको भनाइ छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किने हात्ती,अर्ना सहितका जंगली जनावरहरुले कोशी क्षेत्रका स्थानीयको घर भत्काउनुका साथै मानवीय क्षति समेत गर्दै आएको छ ।