ब्लाष्टखबर । इलामकाे माई नगरपालिकामा पाेखरीमा डुबेर १३ महिनाकी नावालिकाकाे मृत्यु भएकाे छ ।

नगरपालिकाकाे २ नम्बर वडा स्थित सेली डाँडाका बिनोद राईकी १३ महिनाकी छोरी सबनम राईको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

घर नजिकै रहेको पोखरी छेउमा खेल्ने क्रममा आज आइतबार मध्यान्ह १२ बजे अचानक चिलिएर पोखरीमा डुब्दा घाईते भएकी नावालिकालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनानकारी गराएकाे छ ।