उर्लाबारी/ एक साताअघि सडक दुर्घटनामा परेका नाम तथा ठेगाना नखुलेका एक व्यक्तिको शुक्रबार उपचारको क्रममा निधन भएको छ ।

भदौ २० गते पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत उर्लाबारीको मङ्गलबारे खण्डमा मे.१ ज २३७६ नम्बरको टाटा सुमो गाडीले ती व्यक्तिलाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट घाइते बनेका अन्दाजी ५०–५५ वर्षीय ती व्यक्तिको मेची अञ्चल अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । कार्यालयका सइ प्रकाश केसीले नाम र ठेगाना नखुलेका कारण शव बुझाउन समस्या भएकाले शवको पहिचान गर्न नागरिकसमक्ष अपिल गरेका छन् ।