धरान । धरान १६ अन्नपूर्ण चोकस्थित वीक्रम श्रेष्ठको खाजा पसलमा ग्यास लिक भएर आगलागी भएको छ ।
बिहान करिब ५ बजेतिर आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
खाजाघरकी सञ्चालिका कविता श्रेष्ठका अनुसार ग्यास लिक भएर आगलागी हुँदा कोठामा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ।
यसबारे स्थानीय सरकार र प्रहरीलाई खबर गरिसकेको उनले जानकारी दिइन् ।
उनीहरू बिनोद आचार्यको घरमा भाडामा बस्दै आएका थिए ।