विजयपुर । धरान उपमहानगरपालिका–१४ पिण्डेश्वर मन्दिर जाने बाबाधाम मार्गमा पहिरोले एक घर भत्किएको छ भने ८ घर उच्च जोखिममा परेका छन ।
बाबाधाम मार्ग मुनिको पिण्डेश्वर खोल्साले २ तले घर तानेको हो । खोल्साले १ महिना अगाडीदेखि तान्न थालेपछि त्यहाँका मान्छेलाई अन्यन्त्र सारिएकोले मानवीय क्षति भने भएन ।
भत्किएको घर ३ वर्ष पहिले मात्र बनाईएको थियो । सो घर भत्किँदा करिव २०–३० लाख बराबर क्षति भएको घरधनि कमलीमाया लिम्बूले वताएकी छन । उनका अनुसार सरसामान पहिले नै सारिएको हुनाले अन्य क्षति भएन । घर बनाउँदा १५ लाख लागेको बताएकी छन । पहिलेपनि बनाएको हुनाले २०–३० लाख जति क्षति भएको उनले बताइन ।
१४ नं. वडाका सदस्य मन्जिल कसजू (श्रेष्ठ) ले पहिरोले तान्न थालेपछि पहिला नै इन्जिनियर सहित आएर मुल्याङ्कन गरेको बताए । तर, वर्षाको समयमा रोकथामको काम गर्न नमिल्ने भएपछि अगाडी बढ्न नसकेको उनको भनाई । उनले माथिको पानीले असर नगरोस् भनेर पालको व्यवस्थापन गरेर रोकथाम गरेको बताए ।
घर भत्किएसँगै सडक लाइनका अन्य ३ घर उच्च जोखिममा रहेका छन । माथिको घर झर्दा तल खोल्सा छेउका ५ वटा घरलाई क्षति पुग्ने सदस्य मन्जिलले वताए । अहिले उनीहरुलाई सतर्क बस्न आग्रह गरिएको छ ।
पहिरो जाने खतरा भएपछि ३ वटा घरका मान्छेपनि विस्थापित भएका छन । उनीहरुलाई पहिले नै सुरक्षित स्थानमा सारिएको सदस्य मन्जिलले जानकारी दिए । अहिलेपनि १ घरमा मान्छे बसिरहेको स्थानियले बताएका छन । घर भत्किने कमली माया लिम्बूले सरसामन गाउँका साथीहरुको राखेर दाजूको घरमा बस्दै आएको बताएकी छन । उनीहरुलाई भोली बैठक बसेर आवश्यक व्यवस्थापन गरिने वडा सदस्य मन्जिलले वताए । अन्य ३ घर चर्किएका छन् ।