भोजपुर/ जिल्लाको टेक्के मैयु गाउँपालिका ३ अन्नपुर्ण र अरुण गाउँपालिका २ चम्पेमा फुस्को छानो हटाउने अभियान शुरु गरिएकोे छ । आर्थिक अवस्था कमजोर भएका जनतालाई लक्षित गरि वडामा फुस्को छानो हटाउने अभियान शुरु गरिएको हो ।
समृद्ध वडा निर्माण गर्ने लक्ष्यका साथ फुस्को छाना हटाउने अभियान थालिएको वडाध्यक्ष पुर्ण प्रशाद राईले बताए । अभियान अन्र्तगत अहिले सम्म वडाका २८ विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको छ ।
गत बर्ष १३ परिवार र यो बर्ष १५ गरि २८ विपन्न परिवारलाई जस्तापाता बितरण गरिएको वडाध्यक्ष राईले जानकारी दिए । वडाको सबै ठाउँमा बिद्युत बिस्तार गर्नुका साथै कृषकलाई अनुदानमा उन्नत जातको बोकासमेत वितरण गरेको वडाध्यक्ष राईले बताए ।
यस्तै जिल्लाको अरुण गाउँपालिका २ चम्पेमा पनि गरिब तथा बिपन्न घर परिवारको फुस्को छानो हटाउने अभियान सुरु भएको छ । समृद्ध वडा विकास अभियान अन्र्तगत खरको फुस्को छानो हटाउने अभियान सुरु भएको हो ।
प्रत्येक घरमा विद्युत सेवा विस्तार र एक घर एक धारा अभियान सम्पन्न भए पछि फुसको छानो हटाउने अभियान शुरु गरिएको वडा अध्यक्ष भुुपेन्द्र राना मगरले बताए । वडाले सञ्चालन गरेको अभियान अन्र्तगत आर्थिक बर्ष २०७८/७९ सम्म ६ सय १० परिवारका घरमा जस्तापाताको छाना हुने वडाध्यक्ष रानाले दावी गरे ।
वडाध्यक्ष रानाका अनुसार यो बर्ष जस्तापाता खरिदका लागी वडाले ४ लाख २० हजार बजेट विनियोजन गरेको छ । आर्थीक अवस्था कमजोर भई जस्तापाता लाउन नसकेका परिवारलाई लक्षित गरी अभियान सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । जस्तापाता पाए पछि बर्षौ देखि फुस्को छाना भएको घरमा बस्दै आएका बिपन्न जनता खुसी भएका छन् ।