भोजपुर/ भाेजपुर जिल्लाको षडानन्द नगरपालिका- २ कुदाक काउलेमा १२ बर्षिया बालिकाले आत्महत्या गरेकी छिन् ।
स्थानिय टीकाराम राईकी १२ बर्षिया छाेरी अमी राईले आईतबार आत्महत्या गरेकी हुन । राईको शव घरदेखि करिब पाँचसय मिटर टाढा रहेको गोठको कटेरोमा झुण्डिएको अवस्थामा भेटिएको बालिकाकी दिदी टिना राईले बताईन् । दिदीबहिनिसंँगै घाँस काट्न गएको र बहिनी गोठ गएर घर नफर्केपछि खोज्न जाँदा शव कटेरोमा झुन्डिएको अवस्थामा भेटिएको उनले जानकारी दिईन् ।
बालिकाको शव पोष्टमार्टमका लागि सोमबार सङ्खुवासभाको खाँदबारी पठाइएको ईलाका प्रहरी कार्यालय दिंङलाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।