धरान/ सुनसरी देवानगञ्ज-२ बस्ने ३० बर्षीय सन्त कुमार मेहेताको चट्याङले लागेर मृत्यु भएको छ ।
हिजो अपरान्ह ४ बजे घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङले लागेर बेहोस भएका उनलाई उपचार गर्न लैजादै गर्दा बाटोमै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।