धरान/ धरान–७ का उत्साही युवाहरुले लामो समयदेखि लकडाउनले समस्यामा परेका विपन्नका लागि फुड बैंक सञ्चालन गरेका छन् ।

राष्ट्रिय युवा संघसँग आवद्ध युवाहरुले विपन्नका लागि लिएर जान र हुने खानेहरुले दिएर जान आग्रह गदैं फुट बैंक सञ्चालनमा ल्याएका हुन् ।

उनीहरुले सञ्चालन गरेको फुड बैंकको आज पाँचौ दिनसम्म पुग्दा करिब २ सय ५० बढीले प्रति व्यक्ति दुई केजी चामल, आध लिटर तेल, एककेजी दाल, एक पाउ न्यूटेला, नुनलगायतका सामाग्री लगि सकेको राष्ट्रिय युवा संघका ७ नं. अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।

फुड बैंकमा नगद तथा खाद्यान्न सहयोग गर्ने क्रम पनि जारी रहेको नेकपा धरान–७ नं. वडा इञ्चार्ज ठाकुरबहादुर कार्कीले जानकारी दिए ।