विराटनगर / विराटनगरस्थित कोशी अस्पतालमा एक जना कैदीको मृत्यु भएको छ । लागूऔषध मुद्दामा मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका विराटनगर ४ इकराइका २६ वर्षीय निराजन यादबको कोशी अस्पतालमा बुधबार मृत्यु भएको हो ।

क्षारेरोग र स्वाश्वप्रश्वासमा समस्या भएपछि बुधबार ४ः १५ मा कारागारबाट अस्पताल लगेको जिल्ला कारागार मोरङका जेलर सुवास कुमार लामिछानेले जानकारी दिए । अस्पतालका आइसोलेशनमा ल्याइपु¥याउँदा यादबलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

विरामीलाई अस्पतालमा ल्याइपु¥याउँदा मृत्यु भइसकेको अस्पतालका सुपरिटेन्टडेन्ट डा. चुमनलाल दासले यादवले जानकारी दिए । अस्पतालको आइसुलेशनमा स्वास्थ्यकर्मीले विरामीलाई हेरेको हुनाले मृतकको स्वाब संकलन गरि परीक्षणको लागि प्रदेश जनस्वास्थ्य ल्याबमा पठाएको उनले जानकारी गराए । मृतकको रिपोट नगेटिभ आए परिवारलाई जिम्मा दिने र नगेटिभ आए नेपाली सेनाले शव व्यवस्थान गर्नेछ ।

यादब लागूऔषध मुद्दामा २०७६ चैत ११ गतेदेखि मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका थिए । २०७४ भदौ ६ गते मोरङ अदालतले यादवलाई लागूऔषध मुद्दामा २ वर्ष कैद सजाय फैसाला गरेको थियो । मोरङ कारागारमा बुधबारसम्म ९ सय २० जना कैदीबन्दी छन् ।