ब्लाष्टखबर । धरानमा काेरेाना संक्रमितकाे संख्या बढ्दै गएपछि जोखिम अझै कम नभएको भन्दै पुन: एक साता लकडाउन थपिने भएको छ । आज बिहान बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले लकडाउन भदौ १७ गते मध्यराती १२ बजेसम्म निर्णय गरेकाे धरान ९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले बताएका छन् ।
उनका अनुसर बैठकले यसअघि बिहान ८ बजेसम्म मात्र खाेल्न दिएका खाद्यान्न, तरकारी तथा दुधको पसलहरूलाइ २ घण्टा थप गरेर १० बजेसम्म पसल खाेल्न दिइने निर्णय भएकाे छ ।