भरैल । जनताद्वारा निर्मित बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ को वडाकार्यालयकाे नवनिर्मित भवनबाट सेवा सुचारू भएकाे छ । 

वैशाख २७ गतेबाट नडाहामा निर्माण सुरु गरिएको सो भवनमा कार्यालय सरेपछि आजबाट आफ्नै भवनबाट कार्यलयकाे  कामकारबाही सुरु गरेको हाे । कोभिड - १९ कोरोना सङ्क्रमणका कारण सामान्य पुजा गरी काएयलय सारिएकाे भएपनि औपचारिक उद्घाटन भने समय सहज भए पछि गरिने निर्माण समितिले जनाएको छ ।

पटक पटक वडाकार्यालय निर्माण सम्बन्धी खिच्चातानी भएपछी स्वयं जनताको प्रत्यक्ष सङ्लग्नतामा नडाहामा स्थानीय युवा समाजसेवी एवम शिक्षासेवी केशव पुरीको अध्यक्षतामा भवन निर्माण समिति गठन गरेर सुरु गरिएको सो भवन आज बाट सन्चालनमा आएको हो ।

करिब २८ लाखको लागतमा निर्माण गरिएको सो भवन ५ कोठे रहेको छ । प्रविधिसम्पन्न सो वडामा फ्री वाइफाइको व्यवस्था गरिएको छ । भवन अपाङ्ग मैत्री रहेको समितिले जनाएको छ । कोरोना कहरको अवस्थालाई मध्यनजर गर्दै स्थानीय वासिन्दा, र सञ्चारकर्मीको सामान्य उपस्थितिमा हालसम्म भाडामा रहेको वडाकार्यालय घरबाट आफ्नो भवनमा सारिएको हो ।