धरान / भारतामा पछिल्लो २४ घण्टामा झण्डै एक हजारको ज्यान गएको छ । कोराना भाइरसका कारण पछिल्लो २४ घण्टामा ६२ हजारमा संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिवारसम्ममा ४९ हजार १४८ जनाको ज्यान गएको छ ।२५ लाख २७ हजार ३०८ जना संक्रमित रहेकाे इण्डिया टुडेले जनाएकाे छ ।

यो संख्या विश्वको संक्रमित देशमा तेश्रो हो । पहिलो अमेरिकामा ५४ लाख ७६ हजार बढि संक्रमित छन् । दोश्रोमा बजिल ३२ लाख ७८ हजार भन्दा बढि संक्रमित रहेका छन् ।