विराटनगर । विराटनगर महानगरपालिका भित्र २९ जना सहित प्रदेश १ मा आइतबार ४० जना नयाँ संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार २७ पुरूष १३ जना महिला प्रदेशमा नयाँ संक्रमित थपिएका हुन् ।

विराटनगरमा देखिएको संक्रमित १९ पुरुष र १० महिला छन् ।

झापामा ४ पुरूष र १ महिला गरि पाँच जना कोरोना संक्रमण देखिएको छ । झापाको अर्जुनधारामा २ पुरूष, बाह्रदशी र दमकमा १/१ जनालाई संक्रमण देखिएको हो । यसैगरी सुनसरीमा ४ पुरुष २ महिला गरि ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धरानमा २ पुरूष, १ महिला, इटहरीमा २ जना र बर्जुमा १ पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धरानकामा संक्रमित देखिएकाहरू मध्ये २ जना विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानका डाक्टर र १ जना डाक्टरकी श्रीमती रहेका छन् ।