धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिन अघि एक जना विद्यार्थीमा कोरोना संक्रमण भएको थियो । उनीसँगको कन्ट्याक ट्रेसिङको आधारमा उहाँहरुले पिसिआर टेष्ट गराउदा पोजिटिभ देखिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

दुवैको अवस्था सामान्य रहेको प्रतिष्ठानले जानाएको छ । दुवै डाक्टर आइसोलेसनमा बसिसकेको प्रतिष्ठानले जनाएको छ ।