• अनिल श्रेष्ठ

विराटनगर / यौन उत्तेजना बढाउने अवैध औषधीको भारतदेखि विराटनगरमा तस्करी हुने गरेको पाइएको छ । औषधी व्यवस्था विभागमा दर्ता नभएको सेक्स पावर बढाउने अवैध औषधी भारतदेखि तस्करी हुने गरेको पाइएको हो ।

खुल्ला सिमाको फाइदा उठाउँदै तस्करी धन्दामा लागेका गिरोहले भरिया प्रयोग गरि औषधी व्यवस्था विभागमा दर्ता नभएका ‘जेनेग्राह रेड’ एकसय एमजीको औषधी तस्करी हुने गरेको पाइएको हो । भारतदेखि अवैध रूपमा औषधी व्यवस्था विभागमा दर्ता नभएका ‘जेनेग्राह रेड’ एकसय एमजीको ल्याउने क्रममा मोरङ प्रहरीबाट खटिएको प्रहरीले टोलीले बरामद गरेपछि यस्तो रहस्य खुलेको हो । प्रहरीले बरामद गरेको ‘जेनेग्राह रेड’ यौन उत्तेजना बढाउने औषधी रहेको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक दिपेन्द्र खड्काले जानकारी दिए ।

‘प्रहरीले बरामद गरि आवश्यक कारवाहीको लागि विभागमा बुझाएको औषधी जेनेग्राह रेड हो,’ उनले भने, ‘सो औषधी यौन उत्तेजना बढाउन सेवन गर्ने गरेको पाइन्छ ।’
प्रहरीले अवैध जेनेग्राह रेड नामक औषधीसहित विराटनगरका २२ वर्षीय जयकुमार ठाकुरलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका ठाकुर भरिया हुन् । विराटनगरको औषधी फार्मेसीले अवैध रूपमा भित्रााउने क्रममा औषधीसहित उनी पक्राउ गपरेका हुन । पक्राउ परेका ठाकुरलाई मोरङ अदालतमा अवैध औषधी ओसार पोसारम मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको फार्मेसी निरीक्षक खड्काले बताए ।

भिएग्रा, मेडिग्रा, सिलेग्राजस्ता यौन उत्तेजना बढाउने ५० एमका औषधी व्यवस्थामा विभागमा दर्ता छ । तर विराटनगरको औषधी बजारमा दिनहुँ सेक्स पावर बढाउने कडा खालको औषधि ठूलो मात्रामा किनबेच हुंने गरेकोले एक सय एमजीको जेनग्राह औषधी अवैध रुपमा भित्राउने गरेको यस क्षेत्रका जानकारहरू बताउँछन् । नेपालमा भन्दा भारतमा सस्तोमा पाइने भएकोले अवैध रुपमा भारतबाट तस्करी गरि ल्याउने गरेका हुन् ।

यस्ताऔषधीले साइटइफेक्ट गर्छ–चिकित्सक
छाला तथा यौन रोग विशेषज्ञ डा. असित घिमिरले औषधी कम्पनीले उत्पादन गरेका सेक्स पावर बढाउने औषधीहरु चिकित्सकको सल्लाह विना सेवन गरे साइट इफेक्ट गर्ने बताए । डाक्टरले रोग पहिचान नगरी यस्तो औषधि खाएमा निकट भविष्यमा गम्भिर असर पर्न सक्ने खतरा हुने उनले बताए । ‘यस्ता औषधिको प्रयोग बानी पर्दै गएमा पछि गएर यौन जीवनमा नकरात्मक असर पर्छ ,’ उनले भने, ‘त्यसका साथसाथै विभिन्न यौन तथा यौनजन्य रोग लाग्ने खतरा समेत उत्पन्न हुन्छ । यस्ता औषधीहरू डाक्टरको सल्लाहा अनुसार सेवन गर्नुपर्दछ ।’ सल्लाह विना सेवन गर्नुले मुटुमा पनि –असर गर्ने उनले बताए ।