भद्रपुर/ विद्युत सर्ट भई पसलमा आगलागी हुँदा ८ लाख रुपैयाँ बरबरको क्षति भएको छ ।

भद्रपुर-८ स्थित मेची अस्पतालको सटरमा मङ्गलबार बिहान आगलागी भएको थियो । अस्पतालको गेट अगाडीको सटर पसल भाडामा लिएका दुर्गा तथा खेमकुमार कार्कीले सञ्चालन गर्दै आइरहेको मनिष पान पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहान ३ बजे विद्युत सर्ट भई पसलमा आगलागी भएको प्रहरीको भनाई छ । आगलागीबाट पसलमा रहेका रेडिमेट कपडा, कस्मेटिक, किराना, फ्रिज, फर्निचर लगायतकाको सामान जलेर नष्ट भएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए । भद्रपुर नगरपालिकाको दमकल ,स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएको उनले जनाए ।