ब्लाष्टखबर/ बराहनगरपालिका–४ बस्ने ५० वर्षीय सिताराम चौधरीको माछामार्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सोमबार दिउँसो पौने ३ बजेको समयमा रामधुनी नगरपालिका–६ स्थित शंकरबेली तालमा जाल हानी माछा मार्नेक्रममा डुबेर मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटाई प्रक्रिया पूरा गरी शव परीक्षणका लागि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको र थप अनुसन्धान भई रहेको १ नम्बर प्रेदश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।