सिरहा / सिरहाका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो रहेको छ । साउनको दोस्रो सोमवार सिरहाका शिव मन्दिरहरुमा भक्तजनहरुको सतर्कता नअपनाई पुगेका छन् । सरकारले भिड भाड नगर्न र मास्क अनिवार्यलगाउन आग्रह गरे पनि उनीहरुले बेवास्ता गरेका छन् ।

सिरहाको विभिन्न ठाउँमा रहेको शिव मन्दिरहरुमा जल लिई भक्तजनहरु शिवलिङ्गमा जल चढाउन बिहानैदेखि लाइनमा बसेका छन् ।
साउन महिनामा खासगरी हिन्दु धर्मालम्बीहरुले भगावन शिवको पूजा आराधना र व्रत बस्ने परम्परा छ । हिमालयकी पुत्री पार्वतीले साउन महिनामा निराहार ब्रत बसेर भगान शिवलाई प्राप्त गरेको विश्वासमा महिलाहरुले साउनमा ब्रत बस्ने गर्दछन् ।

साउनको महिनालाई भगवान शिवको नाममा उपासना बसी शिव महिमा गरिने विशेष महिना मानिने हुँदा भक्तजनहरु उपासनासहित नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल ल्याउने र शिवलिंङ्गमा चढाउने गर्दछन् । यसो गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यता, आइतबार गृह मन्त्रालयले ७७ जिल्ला कै प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी मास्क नलगाउनेलाई कारवाही गर्न निर्देशन दिएको थियो । तर, मठ मन्दिरमा विनामास्क, भिडभाड गरेर पूजापाठ गरे पनि सम्बन्धित निकाय मौन रहेको छ ।