धरान/ धरान १३ स्थित अमरहाटबाट विजयपुर निस्कने बाटोमा ट्रयक्टर दुर्घटना भएको छ ।
आज बिहान बालुवा बोकेको ट्रयाक्टर विजयपुरतर्फ जाँदै गर्दा उकालो चढ्न नसकेपछि दुर्घटना भएको हो ।
उकालो चढ्न नसकेपछि चालक हाम्फारेल भागे । चालक आफै प्रहरी सम्पर्कमा पुगेका थिए ।
‘अमरहाटबाट बालुवा लिएर ट्याक्टर जादै गर्दा तान्न सकेनछ, र एकापटि लडेको छ,’अमरहाट प्रहरी विटका इञ्चार्ज सुमन दाहालले भने ।
आरसिसि ढलान गरिएको र डाँडामा उकालो बाटो भएकोले सवारी यात्रा गर्न जोखिमपूर्ण छ ।