उर्लाबारी/ रतुवामाई नगरपालिकाले वडा नं. ८ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र शुरु गरेको छ ।
शुक्रबार रतुवामाई नगरपालिकाका नगर प्रमुख रविन राईले त्रिवेणी चौकमा उक्त स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै नगरवासीमा सहज र निःशुल्क स्वास्थ्य सेवा पु¥याउने अभियान अन्तर्गत सबै वडामा स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरेको बताएका छन् ।
वडा नं. ८ का ज्येष्ठ सदस्य तिलक सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नगरकी उपप्रमुख दमयन्तादेवी चूडाल, स्वास्थ्य संयोजक सन्तोषकुमार साहलगायत वक्ताले आधारभूत स्वास्थ्य केन्द्रले वडाका नागरिक लाभान्वित हुने बताएका छन् ।
नगरका १० वडामध्ये ५ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र, ४ वटामा स्वास्थ्य चौकी र एउटा वडामा नगर अस्पताल रहेको नगर प्रमुखको सचिवालयका प्रतिनिधि प्रदीप पराजुलीले बताएका छन् । नगरमा ५५ हजार ३ सय ८० नागरिक बसोबास गर्दै आएका छन् ।