धरान/ साविक पाँचकन्या हाल धरान उपमहानगरपालिका वडा नं. ५ निशानडाँडामा बाढी–पहिरोबाट खानेपानीको मुहानको ट्याङ्की पुरिँदा गत १५ दिनदेखि खानेपानीको हाहाकार भएको हो ।
गत असार महिनामै आएको अविरल वर्षाले धरान–हर्दिया कृषि सडक निर्माण गर्ने क्रममा डोजरले खनेको माटोले ट्याङ्की पुरिनुका साथै पाइप बगाउँदा १ सय ३२ घर परिवारलाई अहिले खानेपानीको समस्या भएको निशानदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव सुवास तामाङले बताए ।
खानेपानीको मुहानको ट्याङ्की निर्माण सरसफाइ र क्षति भएका पाइपहरू फेर्नका लागि करिब ५ लाख रुपैयाँ लाग्ने भए पनि रकम अभावले काम गर्न नसकिएको समितिका अध्यक्ष प्रताप खवासले बताए । अहिलेसम्म कहीँ कतैबाट पनि रकमको व्यवस्था नभएको उनले बताए ।