ब्लाष्टखबर । धरान उपमहानगरपालिकाकाे ११ र २० नम्बर वडा जेड्ने सर्दु खोलामा निर्माण भएको पक्की पुल शनिबारबाट सञ्चालनमा आएको छ ।
निर्माण सम्पन्न भइसकेको पुलकाे औपचारिक कार्यक्रम बिनै दुबै वडाका वडाध्यक्षकाे उपस्थितिमा अगरबत्ती बालेर पुल संञ्चालनमा आएकाे हाे । वर्षाकाे समय भएकाेले औपचारिक कार्यक्रम गरेर उद्घाटन गर्न समय लाग्ने भएकाेले वर्षाका कारण सास्ति खेप्दै आइरहेका विष्णुपादुकाबासीहरुकाे माग अनुसार औपचारिक कार्यक्रम नगरी पुल सञ्चालनमा ल्याइएकाे २० नम्बर वडाका वडाध्यक्ष मणीराम राईले बताएका छन् ।
तत्कालिन समास्याहरूलाई मध्यनजर गरे स्थानिय सरकारकाे आज्ञा अनुसार पुल निर्माण गरिएकाे राईले बताएका छन् । उनले विष्णुपादुका सुनसरीकै विकट गाउँ रहेकाे भन्दै गाविस हुँदा देखिनै पुलकाे आवश्कताकाे महसुस भएपनि हाल आएर पुरा भएकाेले आज आैतिहासिक दिन भएकाे बताएका छन् । उनले भने ‘अबदेखि हामी धरानसँग जोडियौं, धरान २० लाई राहत दिएको छ ।’
स्थानिय तथा दुइ वडाध्यक्ष र केहि सवारीसाधन विष्णुपादुका तर्फबाट ११ तर्फ आएर संञ्चालन भएकाे पुलमा ११ नम्बर वडाका वडाध्यक्षले बाबुलाल लामाले बर्षाकाे समयमा पनि विष्णपादुका र धनकुटाबाट पनि कृषि उत्पादन धरान ल्याउन सहज भएको भन्दै समयमै पुल निर्माण कार्य सम्पन्न भएकाे प्रति खुशी व्यक्त गरेका थिए ।