धरान । सुनसरीको धरानमा विश्वकर्माहरुको थरगत जाती लोहारहरुको प्रथम भेलाले जुद्धबहादुर लोहारको अध्यक्षतामा २१ सदस्य ‘लोहार कुल वंश प्रतिष्ठान केन्द्रिय कार्य समिती’ गठन गरेको छ ।

शनिवार धरानमा भएको भेलाले उपाध्यक्ष लङ्कमान लोहार , महासचिव रणध्वज लोहार , सचिव मेघराज लोहार र कोषाध्यक्ष नीता लोहारलाई निर्वाचित गरेको छ । यसैगरी सदस्यहरुमा सन्तोष लोहार, हर्कराज लोहार, प्रेम लोहार, अम्वरबहादुर लोहार, भगवती लोहार, मीरा लोहार,अमर बहादुर लोहार(ख), भीम लोहार, सरला लोहार, धनश्याम लोहार, रमेश लोहार,विनोद लोहार,शक्र लोहार,धन बहादुर लोहार चयन भएका छन् ।

समितीको पहिलो वैठकले एक जनालाई मनोनयन गर्ने गरी २१ सदस्य समिती चयन गरिएको हो । उद्घाटन सत्रपछि विश्वकर्मा कल्याण सेवा केन्द्रिय कार्य समिती धरानका अध्यक्ष लाल बहादुर सेन्चुउरीको संयोजकत्वमा वनेको ३ सदस्य निर्वाचन मण्डलद्धारा उतm समिती चयन गरेको हो । कार्यक्रममा धरान विभिन्न दलित समुदाय अन्र्तगत पर्ने जातीगत संगठनहरुले नव निर्वाचित समितीलाई वधाई एवम् शुभकामना दिएका थिए ।

कार्यक्रमको उद्घाटन जेष्ठ नागरिक ७७ वर्षिय भीम बहादुर लोहारले पानसमा वती वालेर गरेका थिए भने स्वागत मन्तव्य विनोद लोहारले गरेका थिए ।