• विवेक मिश्र

बेलबारी / मोरङको केराबारी गाउँपालिकाका प्रमुख रोहित कार्कीको हाल नोवेल मेडिकल कलेज बिराटनगरमा उपचार भईरहेको छ । उनको आइसियुमाराखेर उपचार भइरहे पनि चिकित्सकको अनुसार अध्यक्ष कार्की खतरा मुक्त रहेको बताइएको छ ।

अध्यक्ष कार्कीमाथि कार्यालयमै खुकुरी प्रहार भएको थियो । विहान कार्यालय प्रवेश गर्ने बितिकै प्रमुख कार्कीमाथि केराबारी १० का भवन ठकुरीले खुकुरी प्रहार गरेका थिए । उपप्रमुखको कार्यकक्षमा प्रवेश गरेर आफ्नो कार्यकक्ष तर्फ जाँदैगर्दा ठकुरीले सुरक्षा गार्डको खुकुरी खोसेर प्रमुख कार्कीको टाउकोमा प्रहार गरेका थिए । खुकुरी प्रहारबाट प्रमुख कार्कीको टाउकोमा दुई ठाउँमा चोट लागेको छ । उनको पेटमा छुरी पनि हानिएको छ । प्रहरीले घटनालगतै खुकुरी प्रहार गर्ने ठकुरीलाई पक्राउ गरेको छ । ठकुरी ठेक्कापट्टामा संलग्न व्यक्ति हुन् ।