ब्लाष्टखबर ।  केराबारी गाउपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथी हतियार प्रहार भएकाे छ । उपाध्यक्ष शान्ता कुमारी लिम्बु भुजेलकाे कार्यकक्ष अध्यक्ष र उपाध्यक्ष बसेर अन्तरीक छलफल गरिरहेकाे बेला स्थानिय भवन ठकुरी उक्त स्थानमा प्रवेश गरी खुकुरी प्रहार गरेकाे उपाध्यक्ष भुजेले बताएकी छिन्  ।

उनले भनिन् ' खाेलामा नदिजन्य बस्तुकाे चाेरी भइरहकाेले हिजाे अध्यक्ष जि बिदामा हुनु भएकाले हामी त्यहि विषयमा कुरा गरी रहका थियाैं भाइ केठा भित्र पस्नुभाे र एक छिन् बस्नुभाे कुनै कुरै नगरी एकाएक अध्यक्ष माथि प्रहार गर्न थाल्नु भाे । '

उपप्रमुख भुजेलले कुनै पनि बिवाद बिनै एकाएक प्रहार गर्न थालेपछि आफू र सुरक्षा गार्ड मिलेर छुट्याउदा थप आक्रामक भएर खुकुरी प्रहार गरेकाे उनले बताएकी छिन् । उनि भन्छिन् ' त्यहाँ केहि बिबाद भएन त्यसैले के विवाद थियाे भन्ने पनि थाहा भएन् । '

ठाकुर पटके कर ठेक्केदार भएकाे र केहि समय अघि उनकाे ठेक्का अवधि समाप्त भएकाे बताउदै भुजेलले भनिन् ' भाइकाे ठेक्का अवधि सकि सकेकाे छ तर लकडाउनले गर्दा घाटा भएकाेले थप समय दिनु पर्छ भन्ने गरेकाे माग थियाे भन्ने सुनेकाे हाे गाउपालिकामा आधिकारी त्यस्ताे कुनै कुराे आएकाे थिएन ।  '  उनले कार्कीकाे नोबल हस्पिटल उपचार भइरहकाे बताउदै, टाउकाेमा गम्भिर चाेट लागे पनि खतरामुक्त रहेकाे बताएकी छिन् । 

कार्की माथि खुकुरी प्रहार गर्ने ठकुरीलाई प्रहरीले पक्राउ गरिसकेकाे सई दिपक बरालले जानकारी दिएका छन् ।