धरान / धरान उपमहानगरकाे नगरसभाको पूर्व तयारीको लागि शुक्रबार ढाकिएको कार्यपािलका बैठक कुनै निर्णय नै भएन । 
मेयर तिलकराईले १३बर्षअघि लिएको पेस्की बेरुजुको विषयमा कार्यपालिका सदस्यहरुले कुराउठाए पछि बैठकबस्न नसकेको हो । 
विहीबार ब्लाष्ट खवरमा मेयर तिलक राईको नाममा करिब १३ बर्षअघिको २ लाख ४१ हजार पेश्की लिएको बेरुजु रहेको समाचार प्रकाशित भएको थियो । उनले धरान १८ स्थित बुद्धचोकमा बुद्ध प्रतिमा बनाउन भनेर लिएको पेस्कीहालसम्म फ्छौंट नगरको िविषयमासमाचार प्रकाशन भएको थियो । 
बैठकमा ७ नं. वडाध्यक्ष जीवन सुवेदीले मेयरको पेस्की बेरुजुको विषयमा प्रश्न उठाएका थिए । मेयरले प्रस्ट जवाव दिन नसके पछि बैठक भाडिएको थियो ।
शुक्रबार नै नगरसभाका लागि मिति तय गरिएको थियो । तर २ बजे कार्यपालिका बैठक बोलाइएको थियो । नगरसभा नहुनुमा मेयर जिम्मेवार हुनु पर्ने नेकपा निकट वडाध्यक्षहरुले बताएका छन् ।
 
                     
         
                                        
                                                                                                 
        






























