विराटनगर /  विराटनगरस्थित कोशी अस्पतालमा विरामीको कुरूवा बसेकी खोटाङ्ग घर भइ इटहरीमा डेरा गरि बस्ने २१ वर्षीय किशोरीलाई बलत्कारको प्रयास गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मोरङ कटहरी गाउँपालिका ७ का २८ वर्षिय सुरज मण्डललाई बुधबार पक्राउ गरेको हो । पक्राउ परेका मण्डलले कोशी अस्पतालको ‘फिमेल मेडिकल वार्ड’ मा बुधबार विहान साढे ३ बजे ती किशोरीलाई बलत्कारको प्रयास गरेको आरोप छ । किशोरीले मोरङ प्रहरीमा किटानी जाहेरी दिए पछि प्रहरीले अनुसन्धानको लागि मण्डललाई पक्राउ गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

‘किशोरीले दिएको जाहेरीको आधारमा हामीले नियन्त्रणमा लिएका हौं,’ डिएसपी राईले भने, ‘अहिले अनुसन्धान सुरू गरेका छौं । थप विषय अनुसन्धान पछि खुल्नेछ ।’
फिमेल मेडिकल वार्डमा सुतिरहेको अवस्थामा ती किशोरीको ओठमा मण्डलले चुम्बन गरेको र उनले प्रतिकार गरेपछि मण्डल फरार भएको प्रहरीलाई दिएको जाहेरीमा उल्लेखछ । ‘७ दिनदेखि दिदीको छोरी विरामी भएपछि कोशी अस्पतालमा भर्ना गरिएको छ । दिनभरी विरामी रूगेपछि थकान लागेर सुतेको थिए,’ जिल्ला प्रहरी कार्यालयमा भेटिएकी ती किशोरीले भनिन्, ‘विहानी पख अपरिचत व्यक्ति आएर कोठमा किस ग¥यो । आफुले प्रतिकार गरेपछि फरार भयो ।’

अस्पतालबाट फरार भएका मण्डललाई अस्पतालको कर्मचारीले चिनेपछि मोरङ प्रहरीमा पीडित किशोरीले जाहेरी दिएकी थिइन । पक्राउ परेका मण्डल अस्पतालमा दैनिकजसो आवतजावत गर्दै आएको बुझिइएको छ । अस्पतालका जनसम्पर्क अधिकृत बिष्णु बुढाथोकीले मण्डल अस्पतालको कर्मचारी नभएको बताए ।