ब्लाष्टखबर । काेशी अस्पताल विराटनगरमा विरामीकाे रेखदेखका लागी बसेकी एक महिलामाथि बलात्कारकाे प्रयास भएकाे छ । 

अस्पतालकाे महिला वार्डकाे २०२ नम्बरकाे बेडमा रहेकाे विरामीकाे रेखदेखका लागी बसेकी उक्त २१ वर्षीय युवती माथि अपरीतिच व्यक्तिबाट बलात्कारकाे प्रयास भएकाे हाे ।

सुतिरहेकाे अवस्थामा  बुधबार बिहान अपरिचित व्यक्तिले ओठमा चुम्बन गर्न थालेपिछ प्रतिकार गर्ने क्रममा फरार भएकाे युवतीले बताएकी छिन्। प्रहरीमा पीडित युवतीले घटना बारे जानकारी गराएसँगै अनुसन्धान सुरु गरेकाे मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जनाएका छन् ।