धरान / बजेट सिलिङको विषयमा आज भएको धरान उपमहानगरपालिका कार्यपालिकाको बैठकमा कांग्रेस निटक वडा अध्यक्षहरुलेबजेट सिलिङ विवरण च्यातेर अराजक गतिविधी देखाउँदा समेत मेयर तिलक राईले कुनै रुलिङ नगरेको भन्दै २२ जना कार्यपालिका सदस्यहरुले आपति जनाएका छन् ।

आज दिउसो भएको कार्यपािलका बैठकमा कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरूले अपशब्द प्रयोग गरेको र अमर्यादित व्यवहार प्रस्तुत गरेर बैठक भाँडेको तर मेयर राई भने मुकदर्शक भएर बसेको उनीहरको भनाई छ । मंगलबार साझँ पत्रकार सम्मेलन गरेर उनीहरुले आपति जनाएका छन् ।

उनीहरूले आफ्नो पार्टी (कांग्रेस) बाट विजयी वडाअध्यक्षहरूलाई नगर प्रमुख राईले रुलिङ गरेर मर्यादामा राख्न प्रयाससमेत नगरेर गुण्डागर्दीलाई प्रश्रय दिएको समेत आरोप लगाए । मेयरराईले सार्वजनिक रुपमा आत्मालोचना नगरेसम्म बैठकमा सहभागी नहुने उनीहरुको अडान छ ।

पत्रकारसम्मेलनमा जानकारी दिदै. वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले मेयर राईले विधि र प्रक्रिया बाहिर गएर समिति, उपसमितिहरुसँग छलफल, परामर्श नगरी नीति, कार्यक्रम तथा बजेट बनाउन प्रयास नै नगरेको र बजेटमा सहमति हुन लाग्दा कांग्रेस निकट वडाध्यक्षहरुले भाडेको बताए ।

 

मेयर राईले बजेट सिलिङको विषयमा कुनै छलफल नगरे पछि वडध्यक्षहरुकोदवावमा हिजोमात्र छलफलराखेको थिए । अध्यक्षहरुको दबाब पछि २० करोडको सिलिङ तयार गरेको र भूगोल, जनसंख्यालगायतका आधारमा बजेट विनियोजन गरिएको भउ पछि सबै वडालाईसमान बजेटकोबखेडा झिकेर कार्यपालिका बैठक भाँडेको अध्यक्ष भट्टराईले बताए ।

बैठकमा ‘छलफल, परामर्श तथा गुनासाराख्न सकिन्छ तर तर कागजपत्र च्यातेर, अपशब्द बोलेर, गुण्डागर्दी शैलीमा हुनु सोभनिए भएन । यस्तो हर्कत गर्दा मेयर ज्यु मौन हुनु विडम्बना हो ।’–अध्यक्ष भट्टराईले भने–‘हामीलेकार्यपालिकाबैठकहोइन कांग्रेसको कुनै भाृत संगठनको महाधिवेशनजस्तो र उहाँहरुको पार्टीको ट्रेण्ड जस्तो लाग्यो, र त्यहाँ बस्नुको उचित नलागेरहामी बाहिरिएका हौं ।’ निकासको विषयमा सोधिएको प्रश्नमा अध्यक्ष भट्टराईले ‘मेयरले लिखितरुपमा माफी नमागेसम्म मेयरले बोलाएको बैठकमा सहभागी नहुने बताए ।

बहिस्कार गरेकोमलाई थाहा छैन्, भोली नगर सभा हुन्छ –मेयरराई
यता मेयर तिलक राईले आफुलाईबैठकबहिस्कार गरेको थाहा नभएको बताउदैं भोली(बुधबार) ७ बजेलाई अर्को बैठक राखिएको बताएका छन् ।
बैठकमा होहल्ला भएकोविषयमा भने केही वडाअध्यक्षहरुले बजेट वडामा कम भएको गुनासो राख्नु भएको थियो मेयर राईले बताए । बैठकमा भएको अमर्यादित प्रस्तुती विरुद्ध आफुले रुलिङ गरेको मेयर राईले दावी गरेका छन् । ‘त्यस्तो केही होइन। बैठक छलफलभइरहेको छ । भोली ७ बजे हामी बैठक बस्छौं । केही वडा अध्यक्ष ज्यहरुबजेट थोर भएको विषयमा कडा रुपमा प्रस्तुत हुनु भयो । स्वभाविक हो । छलफल गरेर सबै मिलाएर लान्छौ. ।’

karyapalika