देउराली । धरान १५ र ५ को सिमान सेउती खोलामा मृत अवस्थामा फेला परेकी महिला धरान १५ फूलबारीकी ४६ वर्षीय बिमला तामाङ रहेको नेकपाका नेता आइन्द्र विक्रम बेघाले बताएका छ्न् ।
शव फेला परेको स्थानमा रहेका बेघाले उक्त महिलाको शरिरबाट १० हजार बढि नगद सहित एक पत्र फेला परेको बताएका छन् । उक्त पत्रमा आफूलाई श्रीमानको अत्यष्ठी गरेको ठाउँ नजिकै अत्यष्ठी गर्न अनुरोध गर्नुका साथै विभिन्न ठाउँमा रकम लगानी गरेको उल्लेख गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताएका छन् ।
बस्नेतले भने ‘ मृतकको शवबाट नगद र एक पत्र फेला पर्यो उक्त पत्रका आधरमा आफन्तको पहिचान गरीयो । दुई छोराहरु घटना स्थल नै आइपुग्नु भयो । ’
डिप्रेसनको विरामी रहेकी उक्त महिलले छोराहरुलाई उक्त पत्र्मार्फत अराएको बताउदै डिएसपी बस्नेतले भने ‘ लामो समयदेखी बिरामी रहेछ । विहान घरमै रहेको छोराहरुले भने शवको नजिक जादा विषादिकोे गन्ध आएकोले विषदी सेवन गरे जस्तो देखन्छ । शव नजिकै रहेको गिलासमा रहेको वस्तुको परिक्षण गर्न दिइएको छ । रिपोर्ट नआइसकेकोले यहिा हो भन्न सकिदैन । ’
मृतकको शव पोष्टमार्टमको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मर्चरीमा लगिएको छ ।