देउराली । धरान उपमहनगरपालिकाको वडा नम्बर १५ र ५ को सिमाना सेउती खोलामा एक महिला शव फेला परेको छ ।

१५ नम्बर वडाको खोरीया वस्ती नजिकै नाम ठेगाना नखुलेकी एक महिलाको शव फेला परेको इलाका प्रहरी कायार्लयका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन् ।

स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हरियो कुर्ता,  रातो सल र रातै सुरुवाल लगाएकी अन्दाजी ४५ वर्षीय  उक्त महिलाको शव नजिकै एक स्टिलको गिलास र तरकारी काट्न प्रयाेग हुने चक्कु फेला परेको छ ।
फेला परेकाे उक्त गिलास भित्र निलो रङ्को तरल पदार्थ रहको डिएसपी बस्नेतले बताएका छन् । घोप्टो परेका अवस्थामा रहेका शवको मुखमा फिज रहेको र शव नजिकै बमिट रहेको बस्नेतले बताएका छन् ।

घटना स्थलको अनुसन्धान गरी मृतको पहिचान गर्ने काम भइरहेको बस्नेतले जनाएका छन्