धरान । धरान जेसीजले विश्व रक्तदाता दिवसको अवसर पारेर आइतबार धरानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
धरान–१२ अमान बजारमा गरिएको रक्तदानमा १ सय २ युनिट रगत संकलन भएको धरान जेसीजका अध्यक्ष दीपेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार रक्तदाताहरूलाई प्रमाण पत्रसमेत प्रदान गरिएको छ । रक्तदानमा २४ महिला र ७८ पुरुषले रक्तदान गरेका थिए ।
लकडाउनका कारणले रगत अभाव सिर्जना भएपछि रक्त अभावलाई पूर्ति गर्नका लागि कार्यक्रम गरिएको कार्यक्रम संयोजक आयुष श्रेष्ठले जानकारी दिए । कोरोना संक्रमणका कारण रक्तदान कार्यक्रम हुन नसक्दा रगत अभाव चुलिएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले बताए । रेडक्रसले धरानको बीपी प्रतिष्ठानमा ब्लड बैंक स्थापना गरेको छ ।