धरान / नेपालमा संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

 हालसम्म ७२ वटा जिल्लामा सक्रमण फैलिएको छ ।
ता कोरोना जितेर आज ४ जना रहेका छन् । हालसम्म ९७५ जना निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबा १९ जनाको मृत्यु भएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।

हालसम्म ९ सय ७४ जना डिस्चार्ज  भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् ।