धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा मृत्यु भएकी ४५ वर्षीया सप्तरीकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
शनिबार प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारका लागि आइपुगेकी उनलाई कोरोनाको लक्षण देखिएपछि आइसोलेसनमा लगिएको थियो । उनको उपचारको क्रममा निधन भएपछि प्रतिष्ठानले स्वाब संकलन गरेर प्रदेश १ सरकारले निर्माण गरेको प्रादेशिक प्रयोगशाला पठाएको थियो ।
त्यहाँ रिपोर्ट नेगेटिभ आएको छ । महिलाको शनिबार साँझतिर मृत्यु भएको थियो । मृत्यु भएपछि स्वाब संकलन गरिएको थियो । प्रादेशिक प्रयोगशालाका प्रमुख जगेन्द्र यादवले बीपी प्रतिष्ठानमा मृत्यु भएका महिलाको स्वाब रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । यता प्रतिष्ठानले पनि महिलाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।